काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबार शोक बिदा दिएको छ ।
तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डङ्गोलको निधनमा महानगरपालिकाले भोलि शोक बिदा दिने निर्णय गरेको हो ।
उपप्रधानपञ्चका रूपमा डङ्गोलले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्याएको योगदानको सम्मानस्वरूप बिदा दिने निर्णय भएको महानगरपालिकाले सूचनामार्फत जनाएको छ ।
लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिएको छ ।
FACEBOOK COMMENTS