काठमाडौं । चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने सामाजिक दायित्वका साथ काठमाडौं युरो स्कुलले यस वर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
काठमाडौं युरो स्कूल परिवारको आयोजनामा नुवाकोट जिल्लाको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय तथा लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७०० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै, ’यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस्,’ भन्ने सन्देश व्यक्त गरे ।
यस मानवीय अभियानमा काठमाडौं युरो स्कुलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्छ।

FACEBOOK COMMENTS