काठमाडौं ।‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको नियन्त्रणबाहिर रहेको सुरक्षा निकायमध्येको नेपाल प्रहरी सक्रिय बन्न थालेको छ ।
काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार, ड्युटीका लागि प्रहरी खटाउन थालिएको छ । “प्रहरी अब सक्रिय बन्दै गएको छ । सडकमा पनि केही प्रहरी खटाउन थालेका छौँ,” प्रहरीका एक अधिकृतले भने ।
भदौ २३ र २४ मा ‘जेनजी’ आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले काठमाडौं उपत्यकाका प्रहरी वृत्तमा आगजनी गर्नुका साथै हातहतियार र पोसाक खोसेका थिए ।
त्यस्तै, हिरासतबाट भागेका कैदीहरूलाई सम्पर्कमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ । लुटिएका हातहतियार पनि फिर्ता दिन र पोसाकको दुरुपयोग नगर्न भन्दै सर्वसाधारणसँग सूचना माग गरेको छ ।
प्रदर्शनकारीहरूको आक्रमणमा परेपछि प्रहरी सैनिक व्यारेक पुगेका थिए । देशमा सिर्जिन अवस्थालाई नियन्त्रणमा लिनका लागि नेपाली सेनाले सुरक्षा जिम्मा लिएको थियो ।
FACEBOOK COMMENTS