काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।
काठमाडौँ गोर्खाजका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिंग रोजेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ ।
इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ ।
समुह चरणमा भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो ।
लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो ।

त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो ।

FACEBOOK COMMENTS