काठमाडौँ । प्रहरीले काठमाडौँ र धादिङबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जनालाई पक्राउ गरेको छ ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई प्रहरीले पक्राउ गरेको छ ।
जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS