काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जनाएको हो । जस अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, लालीगुराँस मार्ग, सूर्यकोटमार्गलगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।