आश्विन ०२, काठमाडौं । पशुपति क्षेत्रमा शनिबारदेखि स्वच्छ पशुपति अभियान २०७८ सुरु भएको छ । हाम्रो अस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नाराका साथ अभियान सुरु भएको हो ।
‘श्रीपशुपतिनाथ मन्दिर र परिसरलाई सफा र स्वच्छ राख्नु हामी सबैको धर्म भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा।मिलनकुमार थापाले बताउनुभयो । उहाँकाअनुसार अब श्रीपशुपतिनाथ क्षेत्र सफा हुनेछ । हरियाली र स्वच्छताका लागि विभिन्न स्थानमा वृक्षरोपणको पनि अभियान सुरु गर्ने जानकारी गराउनुभएको छ ।
उनकाअनुसार अबको पशुपति स्वच्छ हराभरा पशुपति हुनेछ भने एक भक्त एक वृक्ष नामक अभियान चलाइदैछ । पाशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने उहाँको भनाइ छ ।
डा। श्याम खड्काको संयोजकत्वमा अभियानको सुरुवात वरिष्ठ कलाकार शिव श्रेष्ठ द्वारा गरिएको छ ।आज पहिलो दिन अन्य चर्चित कलाकारहरुको पनि उपस्थित रहेको थियो । अभियान हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले बताउनुभयो ।
FACEBOOK COMMENTS