काठमाडौँ । केरल उच्च अदालतले बलिवुड फिल्म द केरला स्टोरी- २ गोज बियन्डु को रिलिजमा लागेको रोक हटाएको छ । यसपछि फिल्म अब सिनेमाघरमा प्रदर्शन हुन पाउने भएको छ ।
अदालतको यसअघि सिंगल बेंचले १५ दिनको लागि लगाएको रोक खारेज गरेको हो । फिल्मका निर्माता विपुल अमृतलाल शाहले अदालतमा अपील गरेका थिए । उनका तर्फबाट वरिष्ठ अधिवक्ता एल्विन पीटर र नीरज किशन कौल उपस्थित थिए ।
कामाख्या नारायण सिंहले निर्देशन गरेको यो फिल्ममा उल्का गुप्ता, ऐश्वर्या ओझा र आदिती भाटियाको प्रमुख भूमिका रहेको छ ।
यसअघि २०२३ मा रिलिज भएको केरला स्टोरीले भारतीय बक्स अफिसमा करिब ३ सय करोड भारु कमाएको थियो ।
FACEBOOK COMMENTS