काठमाडौं । नेकपा एमालेले छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।
पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ । पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा उल्लेख गरिएको छ ।
यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन् ।
FACEBOOK COMMENTS