पोखरा । गण्डकी प्रदेशका अर्का मन्त्रीपनि बर्खास्तिमा परेका छन् । गण्डकी सरकारले प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरेकाे हाे ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको जनाइएकाे छ ।
उनी सरकारका प्रवक्ता समेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए ।
कानूनमन्त्री थापा र खड्का दुवैजना मन्त्री कास्की २ (२) बाट उम्मेदवार बन्न रेसमा थिए ।
यसअघि मुख्यमन्त्रीले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आचार्यमाथि आरोप लगाइएको थियो ।
FACEBOOK COMMENTS