काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् गर्बुजालाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।
FACEBOOK COMMENTS