काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति गोपाल खनाललाई सरकारले संविधान दिवसका अवसरमा ‘शिक्षाज्योति पदक’ प्रदान गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा ‘शिक्षाज्योति पदक’ पदकबाट विभूषितका लागि सभापति खनाल सिफारिस भएका हुन् ।
मालारानी गाउँपालिका ३, अर्घाखाँचीका खनाल काठमाडौँस्थित मेगा कलेजका सञ्चालक हुन् । उनी सोही कलेजमा अध्यापन पनि गराउँछन् । खनाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तथा प्राप्तिमा रहेको मेगा बैंकका संचालक पनि हुन्। उनि अहिलेको मर्जर तथा प्राप्ति कमिटीमा समेत छन्।
बैंक तथा वित्तीय संस्था, जलविद्युत लगायतका विभिन्न क्षेत्रमा लगानी भएका खनालको नाम शिक्षा, वित्तीय क्षेत्र र जलविद्युत लगायत सबैतिर उत्तिकै चर्चित छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS