काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससका परराष्ट्र, क्षेत्रीय एकीकरण तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री धनञ्जय रामफुलसँग भेटवार्ता गरेका छन् ।
नवौँ हिन्द महासागर सम्मेलनको अवसरमा हाल मौरिससमा रहेका मन्त्री खनालले शनिबार मन्त्री रामफुलसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भेटका क्रममा दुई देशबीच पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको र दुवै पक्षले जनस्तरमा सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेको मन्त्रालयले उल्लेख गरेको छ ।