काठमाडौँ । आफूलाई धर्मगुरु भनेर चिनाउने पुष्कर खतिवडा लाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १५ गते भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
FACEBOOK COMMENTS