काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को जारी कार्यसमिति बैठकले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो । १० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भए भइसकेको छ ।
गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।
FACEBOOK COMMENTS