काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ ।
यस कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सकिने छ । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको छ ।
किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन ।
यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सकिने छ ।
यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ ।
देशले कृषिको ब्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्र्रविद्यिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको बिकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक बिकासमा मद्धत पुग्ने बैंक र खेतिको बिश्वास रहेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले किसानलाई सस्तोमा खेती कर्जा दिने बताएका छन् । शुक्रबार एनएमबि खेती कर्जा योजना सार्वजनिक गर्ने क्रममा बोल्दै सीईओ केसीले कृषि कर्जाको आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर खेती कर्जा दिने बताएका हुन् ।
‘यो प्रडक्टमा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध गराउँछौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
नेपालमा कृषि सम्बन्धि कर्जामा बैंकले माइल स्टोनको रुपमा काम गर्ने बताउँदै सीईओ केसीले नेपालको बैकिङ इतिहासमा ‘एनएमबि खेती कर्जा’ फरक किसिमको प्रडक्ट रहेको बताए ।
उनले कृषि, उर्जा र साना उद्यमलाई बैंकले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
‘बैंकले ६ सय अर्ब लगानी कृषिमा गरेका छन्, बैंकले कृषिमा लगानी गर्न खोज्दा प्रोजेक्ट पाउन सकेका छैनन्, कृषि कर्जा लिन सक्ने ग्राहकको खोजीमा बैंकरहरु रहेका छन्,’ उनले भने ।
सीईओ केसीका अनुसार पछिल्लो समय बजारमा तरलता सहज भएको छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले पछिल्लो समय किसानले सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको बताएका छन् । शुक्रबार ‘एनएमबि खेती कर्जा’ योजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको बताएका हुन् ।
एनएमबि बैंकले कृषि कर्जाको आधार दरमा ०.५ प्रतिशत प्रिमियममा एनएमबि खेती कर्जा दिने भएकोमा कार्यकारी निर्देशक पौडेलले भने, ‘आधार दरमा ०.५ प्रतिशत प्रीमियम जोडेर कर्जा दिदा बैंकले राम्रो काम गरेको छ, ०.५ प्रतिशतमा कर्जा दिँदा आफूलाई पनि आश्चर्यमा लागेको छ, यो कामले सफलता पाओस्,’ उनले भने ।
बैंकहरुले प्राथमिकता क्षेत्रमा १५ प्रतिशत कर्जा लगानी गर्नु पर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी गर्नु पर्छ । तर कर्जा लिने किसानहरुको कमी रहेको पौडेल बताउँछन् ।
‘बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम रहेको छ,’ उनले भने ।
किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।
साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले थपे ।
FACEBOOK COMMENTS