काठमाडौं । खोटाङ जिल्लाले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब ८१ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङका लागि सो रकम बराबरको बजेट विनियोजन गरिएको हो ।
दुई नगरपालिकाका लागि एक अर्ब १६ करोड ५६ लाख रुपैयाँ र आठ गाउँपालिकाका लागि दुई अर्ब ६५ करोड चार लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको हो ।
विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानतर्फ ९० लाख ७७ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ दुई अर्ब ५६ करोड १३ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १८ करोड २७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ १६ करोड ४३ लाख रुपैयाँ छुट्याइएको हो ।
दश स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ६९ करोड २० लाख रुपैयाँ पाउँदा सबैभन्दा कम बजेट बराहपोखरी गाउँपालिकालाई २५ करोड ८९ लाख रुपैयाँ परेको छ ।
कुन स्थानीय तहलाई कति बजेट ?
नगरपालिकातर्फ दिक्तेल रूपाकोट मझुवागढीले ६९ करोड २० लाख रुपैयाँ र हलेसी तुवाचुङले ४७ करोड ३६ लाख रुपैयाँ बजेट पाएका छन् ।
गाउँपालिकातर्फ ऐँसेलुखर्कले ३७ करोड ९० लाख रुपैयाँ, केपिलासगढीले ३५ करोड ९३ लाख, खोटेहाङले ४१ करोड ९८ लाख, जन्तेढुङ्गाले ३१ करोड २९ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् ।
यसैगरी, दिप्रुङ चुइचुम्माले ३८ करोड रुपैयाँ, रावाबेँसीले २७ करोड ९८ लाख रुपैयाँ, बराहपोखरीले २५ करोड ८९ लाख रुपैयाँ र साकेलाले २६ करोड सात लाख रुपैयाँ बजेट पाएका छन् ।
विस्तृत विवरण हेर्नुहोस्–
FACEBOOK COMMENTS