खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको अध्यक्ष राजन प्रसाद आचार्य निर्वाचित भएका छन्।
नेकपा (एकीकृत समाजवादी) निकट व्यवसायी आचार्यले तीन ठूला दलको गठबन्धनलाई पराजित गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उद्योग वाणिज्य संघमा गठबन्धन गरेका थिए।
आचार्य ३३४ मतसहित निर्वाचित हुँदा तीन दलीय गठबन्धनबाट कांग्रेस निकट व्यवसायी समुन्द्र जोशीले १३८ मत मात्रै ल्याए।
महासचिवमा पनि आचार्यकै प्यानलका अजय बस्नेत निर्वाचित भए। बस्नेतले ३४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी निकट सुमन श्रेष्ठले १२३ मत मात्रै पाए।
बस्नेत कांग्रेस निकट व्यवसायी हुन्। तर उनले आचार्यको प्यानलबाट उम्मेदवारी दिएका थिए।
कोषाध्यक्षमा भने गठबन्धनबाट युधिर शाक्य निर्वाचित भए। शाक्य कांग्रेस निकट हुन्। अन्य पदमा तीन ठूला दलको गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन्।
FACEBOOK COMMENTS