काठमाडौं । मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ । नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ ।
हल्का सुनौलो रङ्ग भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिने कम्पनीले जनाएको छ ।
स्वादमा एक प्रिमियम ह्वीस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुने विज्ञप्तिमा उल्लेख छ । ‘खुकुरी रम’ को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको मदिराको बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ। यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिने कम्पनीको दावी छ ।
लेबलमा भएको चहकिलो कालो रङ्गले आधुनिक मदिराको छविलाई चित्रित गर्ने र जीवन्त रातो रङ्गले गहिराइ, शक्ति र यस रङ्गसँग गहिरो भावनात्मक सम्बन्धलाई दर्शाउनले जनाइएको छ ।
डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेकाअनुसार, कम्पनीको पोर्टफोलियोमा पहिलो ४० यूपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए ।
प्रत्येक पटकको परीक्षणमा सहभागी उपभोक्ताहरुबाट उत्साहजनक प्रतिक्रियाहरु प्राप्त भएका थिए ।
४० यूपीको मदिरामा एबीभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ ।
नेपाल डिस्टीलरिजले मुख्यरुपमा २५ र ३० यूपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरु खुकुरी रम र न्यूड सुपेरियर भोड्का समावेश छन् ।
FACEBOOK COMMENTS