काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साप्ताहिक भेटघाट कार्यक्रम ‘खुल्ला आँगन’ सुरु गर्ने भएको छ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म आफ्नो केन्द्रीय कार्यालय, वनस्थलीमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न र उनीहरूका सुझाव, गुनासा तथा जिज्ञासा सुन्नका लागि ‘खुल्ला आँगन’ सुरु गर्ने भएको हो ।
जनतामाझ पुग्ने, उनीहरूका कुरा सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले यो साप्ताहिक भेटघाटको अभ्यास थालिएको प्रवक्ता झाले बताए । ‘खुल्ला आँगन’ को पहिलो कार्यक्रम यही साउन १६ गते शुक्रबार सुरु हुनेछ ।उनका अनुसार कार्यक्रमको ढाँचा सबैका लागि खुल्ला रहनेछ र यसको कुनै पूर्वनिर्धारित एजेन्डा हुने छैन, जसले गर्दा सहभागीले स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न सक्नेछन् ।
FACEBOOK COMMENTS