काठमाडौँ । भारतको असमको होजाई जिल्लामा रेलको ठक्करबाट ८ हात्तीको मृत्यु भएको छ ।
दुर्घटनामा रेलका पाँचवटा डिब्बा पटरीबाट खसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा कुनै पनि यात्रु घाइते नभएको बताइएको छ । यद्यपि, रेलले ठक्कर दिँदा आठ हात्तीको मृत्यु भएको छ भने एक घाइते भएको छ ।
उत्तरपूर्वी सीमान्त रेलवेका प्रवक्ताले घटनामा पाँचवटा डिब्बा र रेलको इन्जिन पटरीबाट खसेको बताए, यद्यपि कुनै पनि यात्रु घाइते नभएको बताए । रेलवे प्रवक्ताले नयाँ दिल्ली जाने रेल दुर्घटना गएराती २: १७ बजे भएको बताए । साइरङ–नयाँ दिल्ली राजधानी एक्सप्रेसले मिजोरमको साइराङ (ऐजवल नजिक) आनन्द विहार टर्मिनल (दिल्ली) लाई जोड्छ ।
FACEBOOK COMMENTS