काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन देश भित्र र बाहिर रहदा सधै समाचारमा हुने गर्दछन् ।
चीन पुगेको बेला किमले उनकी छोरी किम जु ए पनि साथै लिएर गएको विषय अहिले चर्चामा रहेको छ ।
जु एलाई किम जोङ उनको उत्तराधिकारी मानिन्छ । जु पहिलो पटक आफ्नो बुबासँगै देशबाट बाहिर आएकी हुन् । १२ बर्षकी जु–ए १२ किमकी एक्ली सन्तान हुन् ।
उनी २०२२ देखि आफ्नो बुबासँग सैन्य परेड, हतियार परीक्षण र अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा भाग लिँदै आएकी छिन् ।
विज्ञहरू विश्वास गर्छन्, जु–एलाई चीन लैजानु उनको बढ्दो हैसियतको संकेत हो ।
बेइजिङ रेलवे स्टेशनमा बुबासँगै उभिएको देखेर, उनलाई विदेशमा पनि उत्तर कोरियाको नम्बर २ मानिन्छ भन्ने कुरा स्पष्ट भएको विश्लेषण गरिएको छ ।
छोरीलाई विदेश यात्रामा छोरीलाई लिएर किम जोङ उनले संसारलाई आफ्नो उत्तराधिकारी उनी रहेको सन्देश पठाइरहेको विश्वभर चर्चामा रहेको छ ।
FACEBOOK COMMENTS