काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।
२३ वर्षअघि आजकै दिन अर्थात २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास भएको थियो ।
राजदरबारभित्र भएको गोलाबारीमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । घटना भएको २३ वर्षसम्म पनि कसले घटना घटायो भन्ने खुल्न सकेको छैन ।
तत्कालिन समयमा सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको उच्चस्तरीय छानबिन समितिले तत्कालिन युवराज दीपेन्द्र शाहलाई दोषी देखाएको छ । त्यो प्रतिवेदनमा भएको सुझावलाई धेरै नेपालीले स्वीकारेका छैनन् ।
FACEBOOK COMMENTS