काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न जम्मा गरिएको भिडमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि देखिएको छ ।
पूर्वराजा शाहसँगै मुख्यमन्त्री योगीको पनि तस्बिर भिडमा प्रयोग गरिएको हो । सो तस्बिरमा ‘राजसंस्था पुनः स्थापना गरौँ’ भन्ने सन्देश लेखिएको छ भने तस्बिरको तल्लो भागमा ‘हिन्दूवादी प्रदीव विक्रम राणा’ उल्लेख गरिएको छ । त्यस्तै, ज्ञानेन्द्र शाहको तस्बिरमा पनि उनैको नाम उल्लेख गरिएको छ ।
यो तस्बिर सार्वजनिक भएसँगै राजावादीहरूले भारतको आडमा राजा फर्काउ अभियान सञ्चालन गरेको चर्चा हुन थालेको छ । संयोगवशः गत माघ १७ गते पूर्वराजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका थिए ।
तस्बिरमा उल्लेखित नाम राप्रपाका पूर्व नेताको भएको पाइएको छ । प्रदीप विक्रम राणा २०७३ सालमा भएको राप्रपा नेपालको महाधिवेशनमा कमल थापासँग पराजित भएका व्यक्ति मानिएको छ ।
FACEBOOK COMMENTS