रौतहट । मतदान भइरहेकै समयमा रौतहट(२ बाट उम्मेदवार बनेका नेकपाका नेता किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै शाहले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
शाहले आफ्नो निर्वाचन क्षेत्रमा व्यापक रूपमा धाँधली गरिएको र सरकारले सुरक्षा दिन नसकेको आरोप लगाएका चाहन । चुनाव निष्पक्ष नभएको ठहर गर्दै आफ्ना चुनावी प्रतिनिधिहरूलाई मतदान केन्द्र छाडेर घर फर्किन आग्रह समेत गरेका थिए ।
उनले नेकपाका शीर्ष नेताहरू प्रचण्ड र माधव नेपालको पनि आलोचना गर्दै आफूले पार्टी परित्याग गर्ने निर्णय लिएको बताएका छन् । साथै उनले निर्वाचनमा नेपाली कांग्रेस पक्षका केही कार्यकर्ता र मतदाताको व्यवहारका कारण आफू अत्यन्तै निराश भएको बताएका छन् ।
FACEBOOK COMMENTS