काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले गभर्नर प्राडा विश्वनाथ पौडेलसँग शपथ लिएका हुन् । उनले आज पदबहाली गरे ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका हुन । उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक, २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुका पाएका थिए ।

