काठमाडौं । किया गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ। “किया फेस्टिभ ड्राइभ” नाम दिइएको यो अफर अन्तर्गत उपभोक्ताहरूले विशेष छुट, नगद फिर्ता (क्यासब्याक) र बीमा सुविधा पाउनेछन्।
कम्पनीका अनुसार यो अफर अन्तर्गत छानिएका किया गाडीहरूमा १० लाख रुपैयाँसम्मको क्यासब्याक र एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ बीमा दिइनेछ।
कम्पनीले साउन २२ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागी भएर अफरको फाइदा लिन सकिने जनाएको छ। किया ब्रान्डको स्टल हल बी को स्टल R4 मा राखिएको छ।
यो अफर केही समयको लागि मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई चाँडो निर्णय गर्न कम्पनीले अनुरोध गरेको छ।
कियाका गाडीहरू स्लीक डिजाइन, नयाँ प्रविधि र मजबुत प्रदर्शनका कारण लोकप्रिय छन् । कम्पनीका अनुसार “किया फेस्टिभ ड्राइभ” अफरले चाडपर्वमा नयाँ गाडी किन्न चाहनेहरूलाई थप सहज बनाउनेछ।
कम्पनीले इच्छुक ग्राहकलाई नजिकको किया शोरूम वा एक्स्पोमा आएर अफरको जानकारी लिन र गाडी हेर्न आग्रह गरेको छ।
FACEBOOK COMMENTS