काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका आवासीय चिकित्सक र सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ ।
झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।
निलम्बन गरिएका आवासीय चिकित्सक डाक्टर विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।
केएमसी प्रशासनले डाक्टर दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाका निम्ति निलम्बनको पत्र दिएको थियो ।
FACEBOOK COMMENTS