काठमाडौं । नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तमुरासहितको टोलीले नेपालस्थित केएनपी जापान प्रालिको फ्याक्ट्री अवलोकन गरेको छ ।
उपप्रमुख तमुसराले वीरगञ्जको परवानीपुरमा अवस्थित सो फ्याक्ट्री अवलोकन गरेका हुन् ।
भ्रमणका क्रममा केएनपीका हेल्दी होम पेन्ट्सको उच्च प्रविधियुक्त उत्पादन प्लान्ट देखेर उपप्रमुख तमुसराले खुसी व्यक्त गर्दै फ्याक्ट्रीको सञ्चालन तरिका र सुविधाको उच्च प्रशंसा गरे । उनले केएनपी जापानको सिसारहित र न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आम सर्वसाधारणलाई स्वस्थ पेन्ट्सको महत्व दर्शाउने काम गरेकामा पनि प्रशंसा गरे ।
FACEBOOK COMMENTS