काठमडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ स्किमअन्तर्गत ग्राहकहरूलाई केएनपीको रङमा दङ्ग बनाउने अवसर ल्याएको थियो। यस योजनाले उत्सवको रमाइलोसँगै बम्पर पुरस्कारको रूपमा ५ लाख रूपैयाँ बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो।
‘केएनपीको पर्वसँगै रङमा दङ्ग, ५ लाख बराबरको सुनसँग’ योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरूले ब्राण्डेड स्मार्ट वाच, १ जनाले ब्राण्डेड स्मार्ट टीभी र १ जनाले ब्राण्डेड ल्यापटप जित्न सक्ने अवसर थियो।
यस योजनाको विजेताहरू लक्की ड्रमार्फत आइतबार कान्तिपुर टीभी एचडीको कल कान्तिपुरमा प्रत्यक्ष रूपमा चुनिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायिका डा. त्रिशला गुरूङ र केएनपी जापान प्राइभेट लिमिटेडका मार्केटिङ म्यानेजर केदार थापा उपस्थित थिए। कार्यक्रममा लक्की ड्रका विजेताहरू एउटा सिसाको भाँडाबाट हजारौं नामहरूमध्येको नाम ड्र गरी घोषणा गरिएको थियो।
बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जनकपुरका शिवनारायण मण्डलले, ब्राण्डेड ल्यापटप भरतपुरकी अमृता महतोले र ब्राण्डेड स्मार्ट टीभी वीरगञ्जका ध्रुवप्रसाद गुप्ताले जितेका छन्।
साथै थप १०० भाग्यशाली ग्राहकले केएनपीको तर्फबाट स्मार्ट वाच जित्ने मौका पाएका छन्। केएनपी नेरोलेक पेन्ट्सले आफ्ना ग्राहकहरूसँग उत्सवको रमाइलो र पुरस्कारको आनन्द शेयर गर्न पाउँदा खुसी व्यक्त गरेको छ।
FACEBOOK COMMENTS