विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् ।
उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दाबी गर्न दलहरु प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा छन् । सभामुख गौतम आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेशसभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
उनले राजीनामा दिएपछि पत्रकारहरुसँग कुरा गर्दै गौतमले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए । ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो’ उनले भने, ‘तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’
FACEBOOK COMMENTS