सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ ।
पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएको स्थानीय प्रशासनले जनाएको छ । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपालको पहाडी भू(भागको नजिक० अवस्थित रहेको छ।
FACEBOOK COMMENTS