विराटनगर । कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।
नदीमा पानीको सतह बढने क्रम जारी रहेपछि हाल पुलमाथिमा सञ्चालन हुने यातायात पूर्णरूपमा बन्द गरिएको हो ।
हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ ।
पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड चार लाख ८६ हजार ७६० क्युसेक पुगेको छ । त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
कोशी नदीमा अहिले पनि पानीको सतह बढनेक्रम जारी रहेको छ ।
कोशी ब्यारेजमा गत बर्ष असोजमा पाँच लाख ६७ हजार ७६० क्यूसेक पुगेको थियो । कोशी ब्यारेज निर्माण हुँदाका बखत नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ ।
सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा ७ लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो । त्यसपछि दोस्रो पटक गत वर्ष पानीको बहाव उच्च भएको हो । पानीको बहाव बढी पुग्ने क्रममा सन् १९८७ मा पाँच लाख एक हजार ७७१ क्युसेक पुगेको थियो ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
FACEBOOK COMMENTS