विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८० सर्वसम्मतले पारित गरेको छ ।
विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गरे ।
विधेयकका सम्बन्धमा सदस्य लीलाबल्लभ अधिकारीले उठाएको प्रश्नको जवाफमा सरकारले संविधान र संसद्को अधिकारलाई हनन गरेको जनाउँदै विशेष परिस्थितिमा सरकारले आर्थिक विधेयक ल्याउन नसक्दा वा पारित गर्न नसक्दा राजस्व सङ्कलनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त विधेयक प्रस्तुत गरिएको बताए ।
FACEBOOK COMMENTS