विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले शनिबार कोशी प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको लक्ष्यलाई केन्द्रमा राखिएको छ ।
जनमुखी सेवा प्रवाह, दिगो भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रको सबलीकरण, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायसहितको समावेशी विकासलाई बजेटको प्राथमिकतामा राखिएको छ ।
प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेसनमा जोड दिने भएको छ ।
विकास आयोजनाहरूको कार्यान्वयनमा हुने ढिलासुस्ती अन्त्य गर्न र नतिजामा आधारित वित्तीय अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई कडाइका साथ लागू गरिने प्राथमिकतामा उल्लेख छ ।