काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागबाट खटिएका अनुसन्धान अधिकृत र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोलीले गहना उद्योगबाट ६२१ ग्राम काँचो सुन बरामद गरेको छ ।
पसल र कारखानाबाट बरामद गरिएको काँचो सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले रातोपाटीलाई बताए । उनले भने, ‘सो गहना उद्योगमा राजस्व छलीको सुनको कारोबार हुने गरेको सूचना हामीसँग थियो ।’
बज्राचार्य गहना उद्योगबाट बरामद सुन र बिलबिजकबारे विभागले अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS