काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक शव फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताएका छन ।
शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले शवको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।
यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो ।
FACEBOOK COMMENTS