काठमाडौं । म्यानचेस्टर सिटीले क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिकलाई चेल्सीबाट २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।
२९ वर्षीय कोभासिकका लागि एड–अनहरुमा सम्भावित ५ मिलियन पाउन्डको सम्झौता छ । सिटीले कोभासिकलाई चार वर्षका लागि अनुबन्ध गरेको हो ।
गत सिजन ट्रेबल च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिक समरमा सिटीको पहिलो अनुबन्ध हो।
सिटीमा आबद्ध भएपछि कोभासिकले भने, यो मेरा लागि उत्कृष्ट अवसर हो । म सिटीमा आफ्नो सुरुवात गर्न पर्खन सक्दिनँ । पेप गार्डियोलाको नेतृत्वका लागि यो टोल हेरेका जो कोहीलाई थाहा छ कि तिनीहरु कत्ति राम्रा छन् । मेरा लागि उनीहरु विश्वका उत्कृष्ट हुन् ।
उनले थपे, यो टोलीमा सामेल हुन कुनै पनि फुटबलरका लागि सपना हो । मैले अझै धेरै सिक्न र विकास गर्न बाँकी छ । मलाई थाहा छ । पेपको व्यवस्थापनमा म राम्रो खेलाडी बन्न सक्छु, जुन मेरा लागि साँच्चैको रोमाञ्चक छ ।
कोभासिक २०१८ अगस्टमा रियल मड्रिडबाट चेल्सी आएका थिए ।
FACEBOOK COMMENTS