काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा हुने बताएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गतेको तयारी थाल्न निर्देशन दिएका हुन ।
पार्टीले निर्देशन पछि दिने भन्दै बागमतीका ३५९ वडाका जनता परिचालन गर्न समेत निर्देशन दिए ।
उनले भने ‘पार्टीको निर्देशन पछि आउछ, जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला, जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ, कसरी कुन संस्थाले अगाडी लाग्छ, आयोजना गर्छ त्यो छोडिदिनुस् प्रधानमन्त्री ओलीले यिनीहरु राजाबादी नभएर खाओवादी भएको बताउदै जनतालाई भ्रममा पारेर सानो स्वार्थका लागि लडिरहेको टिप्पणी गरेका छन् ।