काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास शितल निवास जाँदै छन् ।
एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ ।
उक्त सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ ।
सका लागि एमाले र माओवादीसहित हालसम्म ७ दलहरूले सहमति जनाएका छन् । जसमा संसद्मा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका छन् ।
नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठकपछि ओलीसँग छलफल गर्न सिधै बालकोट पुगेका थिए ।
FACEBOOK COMMENTS