काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लड्न आग्रह गरेका छन् ।
पार्टीको मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन रोक्ने निर्णय गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले भण्डारीलाई राजनीतिमा फर्किने वातावरण बनाउनुपर्छ भन्ने धारणा राख्दै आएका थिए ।
उनले घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्न आग्रह गर्दै नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाई लड्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौँ । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु ।’
थापाले केन्द्रीय कमिटीको निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।
केपी ओलीले उपत्यका छोडेपछि मात्रै बैठक बस्ने बिगत पनि भोगेकै हौँ : अध्यक्ष निरौला
FACEBOOK COMMENTS