काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयबाट अचम्मित नभएको बताएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै उषाले निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफु अच्चमित नभएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छिन्–
तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।
अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक मर्थन गर्न पनि देखिनेगरी प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिस गरियो ।
तर, विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !
विद्याबारे विष्णुको टिप्पणी : दुई–दुई कार्यकाल राष्ट्रपति बनेपछि पार्टीमा डिस्टर्ब किन ?
एमालेमा विद्यालाई ‘इन्ट्री’ नदिइएपछि ‘नोट अफ डिसेन्ट’ कर्ण थापाले के भने ?
केपी ओलीले उपत्यका छोडेपछि मात्रै बैठक बस्ने बिगत पनि भोगेकै हौँ : अध्यक्ष निरौला
FACEBOOK COMMENTS