काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारीको नभइ राष्ट्रको झोले बन्न सुझाव दिएका छन् ।
नेकपा एमालेका नेताहरूले आइतबारयता चलाएको ‘म झोले हुँ’ ट्रेण्डप्रति लक्षित गर्दै उनले केपी ओलीलाई विभिन्न काण्डहरूको झोले भएको आरोप लगाउँदै भ्रष्टाचार भ्रष्टाचारीको झोले होइन राष्ट्रको झोले बन्न सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू तपाईं झोले नै हो– गिरिबन्धुको, कम्बोडियाको, यतीको, ओम्नीको, भ्यू–टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाइड बडीको, एनसेलको, पोखरा विमानस्थलको, भैरहवा विमानस्थलको, भिजिट भिसाको, तर प्रधानमन्त्रीज्यू भ्रष्टाचारीको झोले होइन राष्ट्रको झोले बन्नुहोस् ।’
