काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीका अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत ०ग्लोबल सिइओ० एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखे ।
एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेको नेता डा भट्टराईले जानकारी दिए ।
FACEBOOK COMMENTS