काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् ।
उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमका बिच फिल्मको घोषणासँगै शुभ मुहूर्त गरी यो जानकारी दिइएको हो ।
यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ ।
यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन् ।
नेपाली राजनीतिमा किङ् मेकरका रूपमा परिचित उनी पछिल्लो सत्ता बाहिर छन् । प्रतिनिधिसभामा दोस्रो दल बने पनि अहिले तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व गरिरहेका छन् ।
दोस्रो दल भएर पनि सत्ता बाहिर रहनुले एमालेमा छटपटी सृजना भएको छ । पार्टीलाई अनेक कोणबाट चर्चामा ल्याउनको लागि एमाले अध्यक्ष ओली विभिन्न स्टन्डहरु गरिरहेका हुन्छन् ।
यही स्टन्डस्वरुप अहिले उनी चलचित्रको पर्दामा देखिन लागेका हुन् ।
FACEBOOK COMMENTS