काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको दाबी गरेका छन् ।
पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको ओलीको भनाइ छ ।
‘हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टा पट्टा भएको छैन’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘अदालतले कानुन बनाउनु भनेकाले बनाएको मात्र हो ।’ अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएको भन्दै सुन प्रकरणमा पनि सरकारले त्यसै गरेको बताए ।
‘ललिता निवास काण्डमा फ्रम द भेरि विगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ? ’, ओलीले भने, ‘वाइडबडीको गर्नुपर्यो नि छानबिन ।’ ओलीले टेरामक्स काण्डमा मन्त्रीहरु नै झण्डा हल्लाएर अख्तियारमा बयान दिइरहेपनि सरकारले बेवास्ता गरेको बताए । उनले सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागि रहेको आरोप लगाए ।
FACEBOOK COMMENTS