काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुग्दा सडक खाली गराइएपछि विरोध भएको छ ।
शुक्रबार पूर्वनिर्धारित कार्यक्रमअनुसार ओली सुर्खेत पुग्दा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म करिब २० मिनेट यातायात बन्दसहित सडक खाली गराइएको थियो ।
गणतन्त्रमा पनि प्रधानमन्त्रीको उपस्थितिकै कारण सडक खाली गराएर दुःख दिने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएका थिए ।
FACEBOOK COMMENTS