काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलबार बस्ने मधेस प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेका लागि निर्धारित बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको हो ।
ओलीले सम्बोधन गर्ने भएपछि प्रदेशसभा सचिवालयले सबै सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेको छ ।
प्रदेशसभामा सम्बोधनपछि ओली सिरहामा हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ ।
FACEBOOK COMMENTS