काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लगानी गर्ने कुरामा उद्योगी व्यवसायीले अफ्ठेरो महसुस गर्नु नपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान कांग्रेस–एमालेको गठबन्धन कम्तीमा २०८४ सम्म र त्यसपछि पनि निरन्तर चल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, ‘देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको छ । आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला जारी रहन्छ । त्यसकारण तपाइँहरू ढुक्क भएर लगानी गर्नुहोस् । देशको विकासका योगदान गर्नुहोस् ।’
हेर्नुहोस् भिडिओ–
प्रधानमन्त्री ओलीले मुलुकमा अहिले पनि भ्रष्टाचार भइरहेको र त्यसको नियन्त्रणका लागि उद्योगी व्यवसायीको साथ चाहिने बताए ।
व्यवसायीकै कुरा सुनेर यसअघि अध्यादेश जारी गरिएको भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि सल्लाह सुझाव मानेरै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरूलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण भएको थियो ।
FACEBOOK COMMENTS