काठमाडौं । बागमती प्रदेशमा आजबाट अनलाइनन सवारी धनी प्रमाणपत्र (इ–ब्लुबुक) को थालनी भएको छ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा पहिलो इ–ब्लु बुक जारी गरी कार्यक्रमको सुभारम्भ गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन आदिको उपस्थितिमा कार्यक्रममा सुभारम्भ गरे ।
आजबाट शुरु भएको बागमती अनलाईन भिआएसमार्फत आफ्नो विवरण भरेर व्यक्तिगत र संस्थागत दुवै सवारी साधनले प्रकृया पूरा गरेर नागरिक एपमार्फत क्यूआर प्राप्त गर्न सकिने जानकारी कार्यक्रममा यातायात मन्त्री महर्जनले जानकारी दिए । मन्त्री महर्जनका इ–ब्लु बुक प्राप्तिपश्चात् सवारी धनीले ब्लु बुक बोक्नु नपर्ने, मोवाइलमै सवारी परिचय देखाउन सकिने र कार्डको रुपमा प्रिन्टसमेत गर्न सकिनेछ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको र धेरै सेवा अनलाइनबाटै हुन थालेको बताए । प्रधानमन्त्री ओलीका अनुसार अब मुलुकले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै दिए । उनले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीका अनुसार मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ । सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट सचेत हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरे ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले छिट्टै २ वटा महानगरपालिकाबाट फाइब जी सेवा सुरु गर्ने बताए। उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS